सिलगढीमा डोनाल्ड ट्रम्पको पुतला दहन

सिलगढी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज भारत भ्रमणमा आएका छन्। एसयुसीआई-ले यसको प्रतिवाद जनाउँदै आज सिलगढीमा यहाँको कोर्ट मोडबाट एउटा प्रतिवाद ऱ्याली निकालेर विभिन्न पथहरूको परिक्रमा गऱ्यो। यसपछि एसयुसीआई-का सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुतला दहन गर्यो। एसयुसीआई जिल्ला कमिटीका सचिव गौतम भट्टाचार्यले बताएअनुसार डोनाल्ड ट्रम्पले लोकतान्त्रिक अधिकारहरूको उल्लङ्घन गरेर विभिन्न-देशमाझ युद्ध गराउने प्रयास गरिरहेको कारण नै आफूहरूले तिनको भारत भ्रमणको विरोध गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *