सिलगढीमा दुईदिने पर्यटन मेलाको आयोजना गरिने

सिलगढी : सिलगढीमा आगामी 17 र 18 दिसम्बरमा राष्ट्रिय स्तरीय पर्यटन मेलाको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। मतिगढास्थित एउटा निजी सपिङ मलमा उक्त मेलाको आयोजना गरिने भएको छ। एसोसिएशन फर कन्जर्भेशन एन्ड टुरिज्मका संयोजक राज बसुले बताएअनुसार आगामी 17 र 18 दिसम्बरमा पर्यटन मेलाको आयोजना गरिने भएको छ। यस वर्षको पर्यटन मेलाको आयोजना पश्चिम बंगाल सरकारको पर्यटन विभागले गर्ने भएको छ भने उक्त मेलामा पर्यटकहरूले आफ्नो भ्रमणसित संलग्न विभिन्न मुद्दाहरूबारे जानकारी लिन सक्नेछन्। यसको साथै मेलामा बुकिङको पनि व्यवस्था गरिएको छ। पत्रकार सम्मेलनमा ब्लु आई इन्डियाका प्रोजेक्ट डाइरेक्टर सुब्रत भौमिक, हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कका एडिटर सम्राट सान्याल, ईस्टर्न हिमालयन ट्र्याभल एन्ड टुर अपरेटर्स एसोसिएशनका अध्यक्ष सन्दीपन घोष, एसोसिएशन फर कन्जर्भेशन एन्ड टुरिज्मका संयोजक राज बोस लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *