सिलगढीमा दुईदिने क्यारम प्रतियोगिताको आयोजना

सिलगढी : सूर्यनगर फ्रेन्ड्स युनियन क्लबको सञ्चालन तथा जिल्ला क्यारम एसोसिएसनको सहयोगितामा दुई दिवसीय 29 इञ्च क्यारम प्रतियोगिता आजदेखि शुरू भएको छ। सूर्यनगर फ्रेन्ड्स युनियन क्लबको हल घरमा आयोजित उक्त प्रतियोगिताको आज क्लबका सचिव मदन भट्टाचार्य लगायत कल्बका अन्य सदस्यहरूले रिबन काटेर शुरू गरियो। यस अवसरमा राष्ट्रिय खेलाडी दुर्जय घोष एसोसिएसनका सचिव सञ्जीव घोष उपस्थित थिए। क्लबका सचिव मदन भट्टाचार्यले बताएअनुसार क्यारम खेल सिलगढीको विभिन्न ठाउँमा लोकप्रिय होस्। उक्त टुर्नामेन्टको सफलताको कामना गर्दै आउँदो दिनमा इन्डोर खेलहरूमा रुचि बढ़ाउनको लागि शिविरको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *