सिलगढीमा दुईजना बहुरूपीले खोसेको रुपियाँ पुलिसको तत्परतामा पाए फिर्ता

सिलगढी : दिउँसै एकजना व्यक्तिको रुपियाँ खोसेको दुईजना बहुरूपी व्यक्तिविरुद्ध आरोप उठेको छ। तथापि, पुलिसको तत्परताले गर्दा सूर्यदीप्त आचार्य नाम गरेका व्यक्तिले आफ्नो रुपियाँ फिर्ता पाएका छन्। प्राप्त जानकारीअनुसार आज बिहान सिलगढीको शक्तिगढ़ निवासी सूर्यदीप्त आचार्य आज सेभोक रोडबाट फर्किरहेको समय दुईजना बहुरूपी व्यक्तिले रुपियाँ माग्दा तिनले गोजीबाट रुपियाँ दिनको लागि निकाल्दा ती दुई बहुरूपी व्यक्तिले तिनको हातबाट 500 रुपियाँको दुईवटा नोट खोसेर भागेको बताइएको छ। यसपछि तिनले घटनाबारे ट्राफिक पुलिसलाई जानकारी दिएपछि पुलिसको तत्परतामा तिनले आफ्नो रुपियाँ फिर्ता पाएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.