सिलगढीमा दुईजना चिनियाँ नागरिक हिरासतमा

सिलगढी :  बाघडुग्रा थाना पुलिसले दुईजना चिनियाँ नागरिकलाई हिरासतमा लिएर सोधखोज गरिरहेको छ। बाघडुग्रा विमानअड्डाबाट आज बिहान पुलिसले जाङ जुङ र काई लेङ नाम गरेका दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार ती दुईमध्ये एकजनाको पासपोर्ट रहे तापनि भिसा नरहेको अनि अर्का व्यक्तिसँग कुनै कागजपत्र नरहेको बताइएको छ। यी दुईजना चिनियाँ नागरिक नेपालबाट भारत आएको थाहा लागेको छ।  गत 3 जनवरीमा तिनीहरू नेपालबाट कराची गएका थिए। तिनीहरूबाट उत्तरप्रदेशको नकली आधार कार्ड उद्धार गरेपछि सीआईएसएफले यसबारे पुलिसलाई सूचित गराए। यी दुई व्यक्ति बाघडुग्राबाट हैदराबादतर्फ गइरहेका थिए। डीसीपी कुंवर भूषण सिंहले बताएअनुसार पक्रा परेका दुईजना चिनियाँ नागरिकसित सोधखोज गरिरहेको साथै तिनीहरूबाट केही कागजपत्र उद्धार गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *