सिलगढीमा दुईजना पुलिस अधिकारीको घरमा छापामार अभियान

सिलगढी : एन्टि करप्सन विङ अफ दि स्टेट पुलिसको शाखाले सिलगढीका दुईजना पुलिस अधिकारी (आईसी)-को घरमा छापामार अभियान चलायो। एन्टि करप्सन विङ अफ दि स्टेट पुलिसको शाखाले हिजो मालदा जिल्लामा कार्यरत एकजना आईसीको घरमा छापामार अभियान चलायो। यसपछि आज दिउँसो सिलगढी पुलिस कमिश्नरेटमा कार्यरत एकजना आईसीको घरमा पनि छापामार अभियान चलाइयो। सिलगढी पुलिस कमिश्नरेटमा कार्यरत आईसीको आवास सालबारी बजार नजिक रहेको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो 1 बजीदेखि आईसीको घरमा छापामार अभियान चलाइरहेको छ। पाँच सदस्यको एउटा टोलीले उक्त छापामार अभियान चलाइरहेको छ भने यस अवधि आवासम सिलगढी पुलिस कमिश्नरेटका उक्त आईसी पनि उपस्थित छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार एन्टि करप्सन विङ अफ दि स्टेट पुलिसको शाखाले केही महिनादेखि यी दुईजना आईसीमाथि नजर राखिरहेको थियो। हिजो एन्टि करप्सन विङ अफ दि स्टेट पुलिसको शाखाको एउटा टोली सिलगढी आइपुगेपछि सबैभन्दा पहिला मतिगढाको उत्तरायण टाउनशीपस्थित एकजना आईसीको आवासमा छापामार अभियान चलाएको थियो भने आज दिउँसो सालबारीमा अन्य एकजना आईसीको आवासमा छापामार अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *