सिलगढी : राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढीमा रहेको समय हिजो बेलुकी डिटेक्टिभको स्पेसल टीमले सिलगढीबाट दुईवटा बम उद्धार गरिएको छ। यसको साथै उक्त घटनामा 5 जना व्यक्तिलाई पक्राउ गरिएको छ। पुलिस सूत्र अनुसार हिजो बेलुकी सिलगढीको इस्टर्न बाइपास संलग्न इलाकामा सिलगढी पुलिस कमिश्नरेटका डिटेक्टिभ डिपार्टमेन्टको स्पेसल टीमले अभियान चलाएर 2 वटा बमसहित 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढी नेताजीपाडाका सुजीत सरकार (31), मध्य शान्तिनगरका बाबु गुरूङ (38), शान्तिनगर नेताजीपाडाका गोपाल विश्वास (45), डाङ्गीपाडाका शङ्कर दास (58) र मध्य शान्तिनगरका गणेश मण्डल (52) सामेल छन्। अभियान अवधि पुलिसले एउटा ब्यागबाट 2 वटा बम उद्धार गर्नको साथै केही जिलेटिनहरू पनि उद्धार गरेको छ। पक्रा पर्ने व्यक्तिहरू जमिनको व्यवसायसित सम्बन्धित रहेको बताइएको छ। पक्रा परेकाहरूलाई गत राति सिलगढी भक्तिनगर थानामा लगियो भने आज तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो। अदालतमा लैजान अघि सिलगढी पुलिस कमिश्नर डीपी सिंह भक्तिनगर थानामा आइपुगेका थिए। यस अवसरमा तिनलाई घटनाबारे सोधिए तापनि तिनले कुनै प्रकारको यसलाई लिएर कुराकानी गर्न चाहेनन्। पुलिसले घटनाको जाँच शुरू गर्नको साथै के उद्देश्यले उक्त बमहरू राखिएको थियो भन्नेबारे विस्तृत रूपमा छानबीन भइरहेको छ।
सिलगढीमा दुईवटा बमसहित पक्रा परेका 5 जनालाई अदालतमा गरियो पेश

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
