सिलगढीमा दुईवटा बमसहित पक्रा परेका 5 जनालाई अदालतमा गरियो पेश

सिलगढी : राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढीमा रहेको समय हिजो बेलुकी डिटेक्टिभको स्पेसल टीमले सिलगढीबाट दुईवटा बम उद्धार गरिएको छ। यसको साथै उक्त घटनामा 5 जना व्यक्तिलाई पक्राउ गरिएको छ। पुलिस सूत्र अनुसार हिजो बेलुकी सिलगढीको इस्टर्न बाइपास संलग्न इलाकामा सिलगढी पुलिस कमिश्नरेटका डिटेक्टिभ डिपार्टमेन्टको स्पेसल टीमले अभियान चलाएर 2 वटा बमसहित 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढी नेताजीपाडाका सुजीत सरकार (31), मध्य शान्तिनगरका बाबु गुरूङ (38), शान्तिनगर नेताजीपाडाका गोपाल विश्वास (45), डाङ्गीपाडाका शङ्कर दास (58) र मध्य शान्तिनगरका गणेश मण्डल (52) सामेल छन्। अभियान अवधि पुलिसले एउटा ब्यागबाट 2 वटा बम उद्धार गर्नको साथै केही जिलेटिनहरू पनि उद्धार गरेको छ। पक्रा पर्ने व्यक्तिहरू जमिनको व्यवसायसित सम्बन्धित रहेको बताइएको छ। पक्रा परेकाहरूलाई गत राति सिलगढी भक्तिनगर थानामा लगियो भने आज तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो। अदालतमा लैजान अघि सिलगढी पुलिस कमिश्नर डीपी सिंह भक्तिनगर थानामा आइपुगेका थिए। यस अवसरमा तिनलाई घटनाबारे सोधिए तापनि तिनले कुनै प्रकारको यसलाई लिएर कुराकानी गर्न चाहेनन्। पुलिसले घटनाको जाँच शुरू गर्नको साथै के उद्देश्यले उक्त बमहरू राखिएको थियो भन्नेबारे विस्तृत रूपमा छानबीन भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *