सिलगढीमा दुईवटा मन्दिरको दानपेटीबाट रुपियाँ चोरी

सिलगढी :  सिलगढीको डाबग्राममा केही दुष्कृतिहरूले दुईवटा मन्दिरको दानपेटी भत्काएर त्यहाँ राखिएको लगभग 10 हजार रुपियाँ चोरी गरेको बताइएको छ। घटनाक्रमअनुसार सिलगढीको डाबग्राममा स्थानीय मानिसहरूले आज बिहान छेउछेउमा रहेको काली र शिव मन्दिरको ताला भत्केको अवस्थामा रहेको साथै त्यहाँ राखिएको दानपेटी खुल्ला रहेको देखे।


केही दुष्कृतिहरूले हिजो अबेर राति उक्त दुईवटा मन्दिरको ताला भत्काएर त्यहाँ राखेको दानपेटीबाट रुपियाँ चोरी गरेको स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। यसभन्दा अघि पनि उक्त दुईवटा मन्दिरमा चोरी भएको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *