सिलगढीमा ड्युटी अवधि मदपान गरेर युवा-युवतीलाई कुटपिट गर्ने आरोपी महिला पुलिस अधिकारी तानिया राय निलम्बित

सिलगढी, 25 अक्टोबर: आफ्नो दबङ्ग रवैया साथै अभद्र व्यवहारको कारण सामाजिक सञ्चालमा भाइरल भएका महिला पुलिस अधिकारी तानिया राय विवादमा परेका छन्। उक्त घटनाको भिडियो भाइरल भएपछि सिलगढी पुलिस कमिश्नरेटले पिङ्क मोबाइल पेट्रोलिङ भ्यानका एलएएसआई (LASI) महिला पुलिस अधिकारी तानिया रायलाई निलम्बित गरिदिएको छ। यसको साथै यस घटनालाई लिएर विभागीय जाँच पनि शुरू गरिएको छ।
प्राप्त जानकारी अनुसार, सिलगढीको 46 नम्बर वार्ड अन्तर्गत एउटा विद्यालयको मैदानमा दुई नाबालिग युवक र युवती बातचित गर्दै थिए। त्यहीं समय पिङ्क मोबाइल पेट्रोलिङ भ्यान त्यहाँ पुग्यो। यसै क्रममा तानिया रायले कुना कारणबिनै ती नाबालिग युवक र युवतीलाई कुटपिट गरिन्, जसलाई देखेर स्थानीय मानिसहरू आक्रोशित भए। यसपछि मानिसहरूले महिला पुलिस अधिकारीलाई घेरेर विरोध प्रदर्शन पनि गरे। तर, मानिसहरूको आक्रोश देखेपछि पिङ्क मोबाइल पेट्रोलिङ भ्यान त्यहाँबाट जान परेको थियो। यो घटना भिडियोको माध्यम सामाजिक मिडियामा निक्कै भाइरल भयो। यसको साथै, महिला पुलिस अधिकारीमाथि ड्यूटीको समयमा मदपान गरेको आरोप पनि लगाइएको छ।
यस घटनापछि महिला पुलिस अधिकारीविरुद्ध कारवाही गरिएको छ। यस विषयमा सिलगढी मेट्रोपोलिटन पुलिसले डीसीपी विश्वचन्द ठाकुरले भने, घटना प्रकाशमा आउन साथ पिङ्क मोबाइल पेट्रोलिङ भ्यानबाट तानिया रायलाई निलम्बित गरिएको छ र विभागीय अनुसन्धान पनि सुरु गरिएको छ।
जानकारी अनुसार, तानिया राय पहिला प्रधान नगर थानामा महिला कन्स्टेबल थिइन्। केही महिना अघि प्रमोशन पाएर एलएएसआई बनेकी थिइन्। महिलाहरूको सुरक्षा सुनिश्चित गर्नका लागि दुई वटा पिङ्क मोबाइल पेट्रोलिङ भ्यान सुरू गरिएको थियो र तानिया रायलाई वेस्ट जोन अन्तर्गत तैनाथ गरिएको थियो। यो घटनापछि सबै पुलिस कर्मीहरूलाई कुनै पनि लापरवाही अनि जनतासँग गलत व्यवहार नगर्न कठोर निर्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes