सिलगढीमा एक दिवसीय शतरंज प्रतियोगिताको आयोजना

सिलगढी : सिलगढीमा पहिलोपल्ट एक दिवसीय शतरंज प्रतियोगिताको आयोजना गरियो। सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटको पहलमा सेभोक रोडस्थित मित्तल गार्डनमा ओपन चेस पुलिस कमिश्नर कप टुर्नामेन्ट 2022को आयोजना गरियो। यस चेस टुर्नामेन्टको उद्घाटन कमिश्नर गौरव शर्माले गरे। यस अवधि तिनले नानीहरूसित शतरंज खेले। उक्त टुर्नामेन्टमा मोठ 150 जना नानीहरूले अंश ग्रहण गरेका छन्। शतरंज टुर्नामेन्टको माध्यमद्वारा सिलगढीमा शतरंजलाई बढ़ावा दिने मुख्य उद्देश्य रहेको बताइएको छ। कमिश्नर गौरव शर्माले भने, शतरंज भारतको खेल हो भने 7औँ शताब्दीमा यसलाई चतुरंगा भनिन्थ्यो। शतरंज टुर्नामेन्ट वेस्ट बंगालमा पहिलोपल्ट आयोजित गरिएको हो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *