सिलगढीमा एकजना अज्ञात व्यक्तिको शव उद्धार 

सिलगढी: सिलगढीको वार्ड नम्बर 45 अन्तर्गत हिमाचल कलोनीमा फ्लाईओभर मुनि एकजना अज्ञात व्यक्तिको शव उद्धार गरेको छ।  शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार, स्थानीय मानिसहरूले आज अपरान्ह हिमाचल कलोनीस्थित फ्लाईओभर मुनिबाट दुर्गन्ध आएको थाहा पाएपछि त्यहाँ गएर हेर्दा एकजना व्यक्तिको शव देखे। यसपछि घटनाको सूचना प्रधान नगर थानालाई दिए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *