सिलगढीमा एकजना व्यक्तिको शव झुन्डिएको अवस्थामा उद्धार, पुलिसद्वारा जाँच शुरू

सिलगढी: सिलगढीको प्रधान नगर थाना अन्तर्गत विश्वदीप सिनेमा हलको नजिकमा रहेको एउटा भवन मुनि खुनले लथपथ एकजना व्यक्तिको शव झुन्डिएको अवस्थामा उद्धार गरेको छ। आज बिहान स्थानीय मानिसहरूले देखेपछि पुलिसलाई यसबारे जानकारी दिए। खबर पाएर पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै पोस्टमर्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। अर्कोतिर, घटनास्थलमा जता-ततै रगत रहेकोले गर्दा सम्भवत पुरानो कुनै दुश्मनी रहेकोले गर्दा तिनको हत्या गरेर झुन्ड्याइएको आशंका गरेको छ। तथापि पोस्टमर्टम पछि मात्र उक्त सटीक कुरा थाहा लाग्ने बताइएको छ। पुलिसले छानबिन गरेपछि मृतक व्यक्ति सिलगढीको 1 नम्बर वार्ड कुल्लीपाडा निवासी प्रवीण प्रधानको रूपमा चिन्हित गरेको छ। पुलिसले सीसीटीभी फुटेजको आधारमा घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *