सिलगढीमा एकजना महिलासित लाखौ रूपियाँको धोखाधड़ी, आरोपी युवक पटनाबाट पक्राउ

सिलगढी (निस): सिलगढी साइबर क्राइमको टीमले धोखाधड़ीको मामिलामा बिहारको पटनाबाट रविषेक कुमार (27) लाई पक्राउ गरेको छ। सूत्र अनुसार, गत जून महिनामा सिलगढीको एकजना महिलाले सोशल मीडियामा आईटीसी-को डिस्ट्रीब्यूटरशिप एड देखेपछि डिस्ट्रीब्यूटरशिप  लिनको लागि सम्बन्धित साइडमा गएर जाँच गर्नको साथै डील फाइनल गरे। यस अवधि महिलाले  62 लाख 32 हजार रुपियाँ भुक्तान पनि गरेको बताइएको छ। यसपछि धेरै दिन बितिसक्दा पनि उक्त महिलाले डिस्ट्रीब्यूटरशिप पाएनन्। अन्तमा जब महिलाले आफु ठगिएको थाहा पाएपछि गत 3 सितम्बरको दिन साइबर क्राइममा घटनाबारे लिखित अभियोग दर्ता गरे। यसपछि जाँचमा जुटेको साइबर क्राइम टीमले बिहारको पटनाबाट एउटा समूहले उक्त महिलालाई ठगेको थाहा पाए। यसको साथै रविषेक कुमार नामक एकजना युवकको ब्याङ्क खातामा 9 लाख रूपियाँ ट्रान्सफर  गरेको पनि थाहा पाएपछि साइबर टीम पटना पुगेर धोखाधड़ीको आरोपमा उक्त युवकलाई पक्राउ गरेर आज बिहान तिनलाई सिलगढी ल्याइपुऱ्याए। यसपछि तिनलाई आज अदालतमा पेश गऱ्यो। यसपछि  साइबर क्राइमको टीमले जाँचको लागि आरोपी युवक रविषेक कुमारलाई हिरासतमा लिएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *