सिलगढीमा युनोइया मेन्टल हेल्थ सेवाको उद्घाटन

सिलगढी : मई महिना मानसिक स्वास्थ्य जागरूकताको महीना हो। यसैले दार्जिलिङको युनोइया मेन्टल हेल्थ नामक संगठनको तर्फबाट आज सिलगढीको शास्त्रीनगरस्थित समाज सेवा समितिमा पहिलो उद्घाटन कार्यक्रमको आयोजना गरियो। मानिसहरूबीच जागरूकता फैलाउने तथा आवश्यकमन्द मानिसहरूलाई सहयोग गर्ने उद्देश्य लिएर विवेक प्रधान र अबिश छेत्रीले उक्त संगठनको स्थापना गरेको हो। संगठनको सक्रिय टीमका सदस्यहरूमा संस्कृति गुरुङ, शाहिल थापा, सुधान्शु मणि प्रधान, रोहित गुप्ता, प्रवेशिका प्रधान, श्रद्धा प्रधान, दुर्गा राय, जसील सुब्बा र शिवम थापा सामेल छन्। उक्त कार्यक्रमको माध्यमद्वारा आज मादक पदार्थको लत, क्रोधमा नियन्त्रण लगायत अन्य केही महत्वपूर्ण विषयहरूबारे मानिसहरूलाई जागरूक गराइयो। आगामी दिनमा संगठनको तर्फबाट राज्यभरिमै धेरैवटा शाखाहरू खोल्ने योजना रहेको छ। उक्त शाखाहरूको माध्यमद्वारा मानिसहरू तथा युवाहरूलाई यस्ता संवेदनशील विषयहरूबारे जागरूक गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *