सिलगढीमा एउटा ठूलो अजिङ्गर उद्धार, हेर्नेहरूको भीड

सिलगढी (निसं): सिलगढी संलग्न ईस्टर्न बाईपासको बानेश्वर मोड इलाकाबाट एउटा ठूलो अजिङ्गर उद्धार गरेको छ। उक्त घटनाले इलाकामा धेरै सनसनी फैलिएको छ।जानकारी अनुसार शुक्रवार राति बानेश्वर मोडको खुदीरामपल्ली इलाकामा स्थानीय मानिसहहरूले एउटा ठूलो अजिङ्गर देखे। यसपछि यो खबर चारैतिर फैलिएपछि अजिङ्गर हेर्नेहरूको भीड लाग्यो। यसबारे वन विभागलाई सूचना दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङगरलाई पक्रिएर आफ्नो नियन्त्रणमा लिइयो। वन विभाग सूत्र अनुसार अजिङ्गर लगभग 9 फीट लामो छ । उक्त अजिङ्गर नजिकैको जंगलबाट इलाकामा आएको आशंका गरिएको छ।  अजिङगरलाई बैकुण्ठपुर जंगलमा लगेर छोडिदिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *