सिलगढीमा एउटा गोदामबाट 40 कार्टुन नेपालबाट ल्याइएको लाइटर जफत, 1 जना पक्राउ

सिलगढी (निसं): स्पेशल अपरेशन ग्रुप (एसओजी) र सिलगढी थाना पुलिसले गैर कानुनी रूपमा नेपालबाट ल्याइएको 40 कार्टुन लाइटर जफत गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम ललन महतो (60) बताइएको छ। सूत्रले दिएको जानकारी अनुसार गैर कानुनी रूपमा नेपालबाट अधिक संख्यामा लाइटर सिलगढी ल्याएर खालपाडा इलाकाको एउटा गोदाममा राखेको गोप्य सूचना पाउन साथ एसओजी र सिलगढी थाना पुलिसले उक्त गोदाममा संक्युक्त अभियान चलाकर 40 कार्टुन लाइटर उद्धार गरेको छ। उद्धार गरेको 1 लाख 20 हजार पीस लाइटरको अनुमानित बजार मूल्य लगभग 12 लाख रुपियाँ तोकेको छ। यसको साथै गैर कानुनी रूपमा लाइटर गोदाममा जम्मा गरेर राखेको आरोपमा एकजना तस्करलाई पक्राउ गरेपछि एसओजीले सिलगढी थानालाई सुम्पिदिएको छ। सिलगढी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *