सिलगढीमा फेरि फर्जी परीक्षार्थी पक्राउ

सिलगढी:  सिलगढीबाट फेरि एकजना नकली परीक्षार्थी पक्रा परेको छ। पक्रा पर्नेको नाम सागर साहा बताइएको छ। प्राप्त जानकारी अनुसार फूलबारी 10 नम्बर बटालियनको जलपाइगडी स्पेशल रिक्रूटमेन्ट बोर्डको इन्टरभ्यूमा हिजो एकजना युवक अर्काको नाममा परीक्षा दिन आइपुगेका थिए। परीक्षकहरूले युवकको व्यवहार तथा हाउ-भाव देखेर शङ्का लागेपछि तिनलाई सोध-खोज गर्दा असली तथ्य सामु आएको बताइएको छ। यस घटनाको जानकारी पुलिसलाई दिएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई पक्राउ गरे। आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *