सिलगढीमा फुटबलर गोष्ठ पालको 125औँ जन्मजयन्ती पालन

सिलगढी :  चर्चित फुटबलर गोष्ठ पालको 125औँ जन्मजयन्ती आज सिलगढीमा पालन गरियो। सिलगढी नगरनिगमको पहलमा कञ्चनजङ्घा स्टेडियम अघि गोष्ठ पालको सालिगमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव लगायत प्रशासक मण्डलीका सदस्यहरूले फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।


सिलगढीको कञ्चनजङ्घा स्टेडियममा निर्माण गरिएको गोष्ठ पालको सालिगको अवस्था हाल सोचनीय रहेकोले सिलगढी नगरनिगमको प्रशासक मण्डलीको तर्फबाट सालिगको मरमति साथै यसको चारैतिर सौन्दर्यीकरणको कार्य शुरू गरिएको छ। यस अवसरमा गौतम देवले गौष्ठ पालको सालिग निर्माण गरे तापनि यसको मरमति नभएकोले आफूहरूद्वारा सिलगढी सहरमा निर्माण गरिएको सबै सालिगहरूको मरमति गरिने पहल शुरू गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *