सिलगढ़ीमा फ्रेन्डशिप कप क्रिकेट टुर्नामेन्ट शुरू

सिलगढ़ी:  सिलगढ़ी ट्याक्सेशन बार एसोसिएशनको आयोजनामा तराई तारापद स्कूल मैदानमा फ्रेन्डशिप कप क्रिकेट टुर्नामेन्टको दार्जिलिङका सांसद राजु बिष्टले विधिवत् रूपमा आरम्भ गरे।  यस अवसरमा सांसद विष्टले राजू बिष्टले सिलगढ़ीलाई खेलको शहर बनाउनको लागि एउटा अन्तर्राष्ट्रीय स्तरको स्टेडियमको आवश्यकता रहेकोले गर्दा आफुले बीसीसीआई-का चेयरम्यान सौरभ गाङ्गुलीलाई लिखित रूपमा अपील गरेको जानकारी गराए। तिनले बताए अनुसार सिलगढ़ी शहरमा स्टेडियम निर्माण हुनाले खेललाई मात्र नभएर यसले पर्यटनलाई पनि सुविधा पुग्ने छ। उद्घाटन कार्यक्रममा सिलगढ़ीका विधायक तथा मेयर अशोक भट्टाचार्य पनि पुगेका थिए। प्रतियोगितामा सिलगढ़ीको मोठ 6 वटा टोलीले अंश ग्रहण गरेको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *