सिलगढीमा फन रन म्याराथन दौडको आयोजना

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा तथा एउटा निजी स्कुलको सहयोगमा आज स्कुलका विद्यार्थीहरूलाई खेलकूदप्रति जोश जगाउने उद्देश्य लिएर फन रन म्याराथन दौडको आयोजना गर्यो। यस कार्यक्रममा तारे जमीन पर फिल्ममा नानीको भूमिका अभिनय गर्ने दर्शिल सफारी मुख्य अतिथिको रूपमा उपस्थित थिए। पुलिस कमिश्नर अखिलेश चतुर्वेदी र दर्शील सफारीले हरियो झण्डा देखाएर फन रनको शुरूआत गरे। यस कार्यक्रममा 1.5 किमी, 3 किमी र 5 किमी दौड़को आयोजना गरियो। नानीहरूको शारीरिक स्वास्थ्यलाई ध्यानमा राखेर फन रनको आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *