सिलगढीमा गाँजासहित दुईजना पक्राउ

सिलगढी : आशीघर आउट पोस्ट पुलिसले सादा पोशाकमा अभियान चलाएर गाँजासहित दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा समीर राय र उमेश राय सामेल छन्। तिनीहरूमध्ये एकजना दक्षिण एक्टियाशाल निवासी हुन् भने अर्को भोलानाथपाड़ा निवासी हुन्।


गोप्य सूचनाको आधारमा आशीघर आउटपोस्ट पुलिसले सादा पोशाकमा बानेश्वर मोड़ इलाकामा अभियान चलाएर उक्त दुई युवकलाई पक्राउ गरेर छानबीन गर्दा लगभग 25 किलो गाँजा उद्धार गरेको बताइएको छ। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य 2 लाख 50 हजार रुपियाँ रहेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका दुई युवकले धेरै समय अघिदेखि सहरमा अवैध रूपमा गाँजाको धन्दा गर्दै आइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *