सिलगढीमा गाँजासहित 2 जना पक्राउ

सिलगढी : सिलगढीमा गाँजासहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक अलिपुरद्वार निवासी मञ्जु लाल मिञ्ज र अभिषेक राय सामेल छन्। प्राप्त जानकारीअनुसार एसएसबीका जवानहरूले बाघडुग्राको बिहार मोडमा दुईजना युवकलाई रोकेर छानबीन गर्दा अढाई केजी गाँजा उद्धार गरेको छ। यसपछि उक्त दुई युवकलाई पक्राउ गरेर गाँजासहित बाघडुग्रा पुलिसलाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *