सिलगढीमा गाँजासहित 2 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले हिजो राति अभियान चलाएर लाखौँ रुपियाँको गाँजासहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले टोटोन अहमद र बापी मण्डलको रूपमा सामेल छन्। तिनीहरूमध्ये टोटोन अहमद सिलगढीको शक्तिगढ निवासी हुन् भने बापी मण्डल गेटबजार इलाका निवासी हुन्।


प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा गत राति एनजेपी थाना पुलिसले सादा पोशाकमा एनजेपी थाना अन्तर्गत पर्ने गोरामोड इलाकामा अभियान चलाएर टोटोन अहमद र बापी मण्डललाई पक्राउ गरेर तिनीहरूबाट 15 केजी गाँजा उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *