सिलगढीमा गाँजा सहित 3 जना पक्राउ

सिलगढी सिलगढी पुलिस कमिश्नरेटले सिलगढी सहरलाई ड्रग्स मुक्त बनाउनको लागि लगातार अभियान चलाइरहेको छ। प्राप्त जानकारीअनुसार सिलगढी थानाको खालपाडा आउटपोस्ट पुलिसले हिजो ग्वालापट्टी इलाकामा मोहम्मद तमन्नाको घरमा अभियान चलाएर 24 केजी गाँजा सहित 3 जनालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेकाहरूमा खइरूलनिशा बिबी, पायल खातुन र मोहम्मद जहाँगीर सामेल छन् भने तिनीहरूले धेरै दिन अघिदेखि गाँजाको व्यवसाय गर्दै आइरहेको पुलिस सूत्र मार्फत् थाहा लागेको छ। पक्रा परेका 3 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *