सिलगढीमा गाँजासहित युवक पक्राउ

सिलगढी : नशा विरोधी अभियानमा सिलगढी मेट्रोपलिटन पुलिसको भक्ति नगर थाना पुलिसले फेरि ठुलो सफलता प्राप्त गरेको छ। भक्ति नगर थाना अन्तर्गत  छोटा फाफरी इलाका निवासी महादेव दासको दोकानमा गैर कानुनी रूपमा गाँजाको ससाना प्याकेट बनाएर बिक्री गरिरहेको पुलिसले गोप्य सुइँको पाए। यसपछि भक्तिनगर थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर 5 किलो 600 ग्राम गाँजासहित महादेव दासलाई पक्राउ गरेको बताइएको छ। आरोपी महादेव दासमाथि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर तिनलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *