सिलगढीमा ग्यास सिलेन्डरमा आगलागी

सिलगढी : सिलगढीको देशबन्धुपाडा विद्यापीठ स्कुल संलग्न एउटा घरमा ग्यास सिलेन्डरमा आगलागी हुँदा उक्त क्षेत्रमा आतङ्कको माहौल देखापर्यो। प्राप्त जानकारीअनुसार सिलगढीको देशबन्धुपाडा विद्यापीठ स्कुल संलग्न एउटा घरमा आज बिहान खाना पकाइरहेको समय ग्यास सिलेन्डरमा आगलागी हुँदा घरका सदस्यहरूले आगो निभ्याउने प्रयास गरे तापनि विफल भए। यसपछि घटनाबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्यायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *