सिलगढीमा घरेलु रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अभियान चलाएर 37 बोतल घरेलु रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सुबल देवनाथको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले आज बारीभाषास्थित एउटा होटलमा अभियान चलाएर घरेलु रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका व्यक्तिले धेरै दिन अघिदेखि होटलको नाममा अवैध रूपमा रम-रक्सी बिक्री गर्ने गर्दथ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *