सिलगढीमा गोल्ड फाइनेन्स कम्पनी विरुद्ध करोड़ौँ रुपियाँ ठगेको आरोप, कम्पनीको म्यानेजर पक्राउ

सिलगढी : सिलगढीको भक्ति नगर थाना पुलिसले गोल्ड फाइनेन्स कम्पनी विरुद्ध ठगेको आरोपमा कम्पनीका म्यानेजरलाई पक्राउ गरेको छ। आज पक्रा परेका म्यानेजर देवेन्दु घोषलाई जलपाईगढी अदालतमा पेश गरियो। स्मरण रहोस, सिलगढीको सेभोक रोड इलाकामा रहेको एउटा गोल्ड फाइनेन्स कम्पनी विरूद्ध करोड़ौं रुपियाँ ठगेको आरोप लगाइएको छ। ग्राहकहरूले लगाएको आरोप अनुसार उक्त गोल्ड लोन कम्पनीले मानिसहरूको सुन कुनै नोटिश नदिइ बिक्री गरिदिएको छ।  कम्पनीले लगभग करोड रूपियाँ ठगेको छ। ग्राहकहरूको भनाई अनुसार उक्त कम्पनीमा आप्नो सुनका गर-गहनाहरू बन्धक राखेर पैसा लिएका थिए।

ग्राहकहरूले समय समयमा आफ्नो पैसा तथा सुद दुवै कम्पनीलाई दिँदै आइरहेका थिए। तर पनि कम्पनीले आफ्नो ग्राहकहरूलाई कुनै प्रकारको जानकारी नदिइ सुनका गहनाहरू बिक्री गरिदिए। प्राप्त जानकारी अनुसार कम्पनीले सिलगढीमा लगभग 50 भन्दा अधिक मानिस ठगको शिकार बनेका छन्। यसैले भक्ति नगर थानामा केही मानिसहरूले कम्पनी विरूद्ध ठगेको आरोपमा लिखित उजुरी दर्ता गरे पछि नै पुलिसले कम्पनीका म्यानेजर देवेन्दु घोषलाई सोधखोज गर्नको लागि पहिला हिरासतमा लिएका थिए। यसपछि तिनलाई पक्राउ गरेर आज अदालतमा पेश गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes