सिलगढी: जीटीए प्रमुख कार्यपालको श्रमिक भवनको भिजनलाई यथार्थ रूप दिँदै हिजोदेखि सिलगढीको दार्जिलिङ मोड नजिक श्रमिक भवन निर्माणको पहल शुरू भएको छ। राज्य सरकारको श्रम विभागका मन्त्री मलय घटक लगायत जीटीए डेपुटी चेयरम्यान राजेश चौहानको उपस्थितिमा विभागीय अभियन्ताद्वारा श्रमिक भवनको लागि जमिनको नापजोख गरियो। कोभिडको समय उठाइएको रकमलाई श्रमिकहरूको हितमा दिर्घमियादी योजनामा प्रयोग गर्ने उद्देश्य लिएर जीटीएका प्रमुख कार्यपाल अनित थापाले सभामा श्रमिक भवनको प्रस्ताव राखेका थिए।
