सिलगढीमा गृहिणीको मृत्युको मामिलामा लोग्ने पक्राउ

सिलगढी : स्वास्नीको मृत्युको मामिलामा पुलिसले लोग्नेलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत शनिबार एनजेपी थाना अन्तर्गत पर्ने ठाकुरनगर इलाका निवासी सोनाली चौधरी नाम गरेकी एउटी गृहिणीको अस्वाभाविक मृत्यु भएको थियो। घटनापछि मृतक गृहिणीका परिवारका सदस्यहरूले तिनको लोग्ने विष्णु चौधरीविरुद्ध थानामा अभियोग दर्ता गरेका थिए। सोनालीको लोग्नेले तिनीमाथि अत्याचार गर्ने गरेको गृहिणीका परिवारका सदस्यहरूको आरोप रहेको छ। अभियोगको आधारमा पुलिसले गृहिणीको लोग्नेलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालत पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *