सिलगढीमा गुरू नानकको 552औँ जन्मजयन्ती पालन

सिलगढी : देशभरिमा झैँ यता सिलगढीको गुरूद्वारामा पनि आज गुरू नानकको 552औँ जन्मजयन्ती पालन गरियो। यस अवसरमा आज बिहानैदेखि विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। सिलगढीको गुरूद्वारामा गत 40 दिनदेखि उक्त कार्यक्रम चलिरहेको छ भने आज गुरूद्वारामा आउने भक्तहरूको लागि लङ्गरको व्यवस्था पनि गरिएको थियो। सिलगढीका पुलिस कमिश्नर गौरव शर्मा, सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार लगायत अन्य आज गुरूद्वारा गएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *