सिलगढीमा ग्यारेजमा गाडी विस्फोट हुँदा 4 जना घाइते, मेयरद्वारा घटनास्थलको निरीक्षण

सिलगढी (निसं): सिलगढीको पञ्जाबीपाडास्थित एउटा ग्यारेजमा काम गरिरहेको समय एउटा गाड़ीमा आज बिहान विस्फोट हुँदा 3 जना ग्यारेजमा काम गर्ने कर्मचारी सहित एकजना सेनाका अधिकारी घाइते भएपछि सिलगढीका मेयर गौतम देवले घटनास्थलको निरीक्षण गरे। यस अवधि मेयरले उक्त गाडीको ग्यारेजलाई सील गर्नको साथै सिलगढी नगर निगमद्वारा मामिलाको जाँच गर्ने बताएका छन्।
स्मरण रहोस, आज बिहान वार्ड नम्बर-13 को पञ्जाबीपाड़ास्थित एउटा ग्यारेजमा सेना अधिकारीको गाडीको काम चलिरहेको समय अचानक विस्फोट भएको थियो। उक्त विस्फोट हुँदा ग्यारेजको तीनजना कर्मचारी सहित सेनाको एकजना जवान पनि घाइते भएको थियो। यसपछि सबै घाइतेहरूलाई सिलगढी जिल्ला अस्पतालमा लगेपछि हाल तिनीहरूको चिकित्सा चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *