सिलगढी महकुमा क्रीडा परिषद-द्वारा वार्षिक एथलेटिक मिट 2022-को आयोजना

सिलगढी  : सिलगढी महकुमा क्रीडा परिषदको तर्फबाट वार्षिक एथलेटिक मिट 2022 को आयोजना गरियो। कोरोनाको सबै नियमहरू पालन गर्दै एथलेटिक तीन दिनव्यापी चल्ने मिटमा 19 वटा क्लबको लगभग 600 भन्दा अधिक प्रतियोगीहरूले अंश ग्रहण गरेका छन्। उक्त एथलेटिक मिटमा दौड, लङ जम्प, हाई जम्प, शट सुट लगायत विभिन्न प्रकारको खेलाको आयोजना गरिएको छ।


यस अवसरमा सिलगढी महकुमाशासक श्रीनिवास भेङ्कट राव पाटिल, नगरनिगम कमिश्नर सोनाम वाङ्दी भुटिया, सिलगढी महकुमा परिषधका सभापति कुन्तल गोस्वामी लगायत अन्य उपस्थित थिए। महकुमा क्रीडा परिषदका सभापति कुन्तल गोस्वामीले बताएअनुसार यति दिनपछि मैदानमा आएर खेल्न पाउँदा निक्कै खुसी लाग्यो। कोरोनाको सबै नियमहरू पालन गरेर एथलेटिक मिटको आयोजना गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *