सिलगढी महकुमा क्रीडा परिषद्को तर्फबाट भलिबल लीगको आयोजना

सिलगढी : सिलगढी महकुमा क्रीडा परिषद्को तर्फबाट यहाँको कञ्चनजङ्घा स्टेडियममा भलिबल लीगको आयोजना गरियो। उक्त भलिबल लीगमा मोठ 6 वटा टोलीले अंश ग्रहण गरेको छ। सात दिने उक्त भलिबल लीगको प्रथम खेल बान्धव संघ बनाम जीटीएससी क्लबमाझ सम्पन्न भयो। भलिबल लीगको उद्घाटन कार्यक्रममा पूर्व भलिबल प्लेयर तथा एसीपी ग्रामीण अचिन्त्य गुप्त, मदन भट्टाचार्य, नान्टु पाल, क्रीडाप्रेमी जयन्त भौमिक, मनोज बर्मा लगायत महकुमा क्रीडा परिषदका विशिष्ट व्यक्तिहरू उपस्थित थिए। सिलगढी महकुमा क्रीडा परिषद्को भलिबल सचिव कुन्तल गोस्वामीले बताएअनुसार कोरोनाको संक्रमणले गर्दा दुई वर्षदेखि भलिबल खेल स्थगित गरिएको थियो। गत 2020-मा टुर्नामेन्टको आयोजना गरे तापनि विजेता तथा उपविजेता टोलीलाई ट्रफी लगायत पुरस्कार राशि प्रदान गरिएन। यस वर्ष पुरस्कार राशि तथा ट्रफीको व्यवस्था गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *