सिलगढी महकुमा परिषद चुनाउ: तृणमूल युवा नेता देवाङ्शु भट्टाचार्यद्वारा चुनाउ प्रचार

सिलगढी : सिलगढी महकुमा चुनाउ आगामी 26 जूनमा सम्पन्न हुने भएकोले सबै राजनैतिक पार्टीहरू आ-आफ्नो स्तरमा चुनाउ प्रचार गर्नमा व्यस्त छन्। यसै क्रममा आज तृणमूल कङ्ग्रेसका युवा नेता देवाङ्शु भट्टाचार्यले तृणमूल प्रार्थी काजल घोषको समर्थनमा खोरीबारीमा चुनाउ प्रचार गरे। तृणमूल प्रार्थी काजल घोषको समर्थनमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै तिनले विपक्षी पार्टी सीपीएम र भाजपामाथि कटाक्ष कसे। तिनले भने, राज्यमा 2011-मा परिवर्तनको हावा चले तापनि महकुमासम्म पुग्न सकेन। तर अब महकुमामा ममताको हावा चलिरहेको छ। महकुमामा खेला हुनेछ, जनताले दिदीलाई भोट दिनेछ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *