सिलगढी महकुमा परिषद चुनाउ: दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोषले गरिन् मतदान

बाघडुग्रा : दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस-का सभानेत्री पापिया घोषले बाघडुग्राको मस्जिद पाड़ामा मतदान गरिन्। तिनले 25/119 नम्बर बुथमा आफ्नो मतदान खसालेपछि पत्रकारहरूसित कुराकानी गर्दै भनिन्, तृणमूल कङ्ग्रेसले सिलगढी महकुमा परिषद चुनाउमा जीत हासिल गर्नेछ। सामान्य घटनाहरूपछि बाघडुग्राको विभिन्न बुथहरूमा मतदान प्रक्रिया शान्तिपूर्ण ढङ्गमा सम्पन्न भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *