सिलगढी महकुमा परिषद चुनाउ: 22 ग्राम पञ्चायतमध्ये 19-मा तृणमूल-को जीत

सिलगढी : सिलगढी महकुमा परिषद चुनाउको परिणाम आज घोषित भएको छ।  सिलगढी महकुमा परिषदमा 22 ग्राम पञ्चायत आसनमध्ये 19 आसनमा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेको छ। जालास निजामतारा, पत्थरघट्टा र चटहाट ग्राम पञ्चायतमा त्रिशंकु जीत हासिल भएको छ। ग्राम पञ्चायत दखल गरेपछि तृणमूल कार्यकर्ताहरूमा उत्साहको माहौल देखियो। मतगणना केन्द्रको बाहिर तृणमूल कार्यकर्ताहरूले एका-अर्कालाई अबीर लगाउँदै जीतको खुसी मनाइरहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *