सिलगढी महकुमा परिषद् चुनाउ : भाजपा प्रार्थीको समर्थनमा निशीथ प्रमाणिकले गरे चुनाउ प्रचार

नक्सलबारी : सिलगढी महकुमा परिषद् चुनाउको लागि भाजपा प्रार्थी दिलीप बारूईको समर्थनमा आज केन्द्रीय राज्य गृहमन्त्री निशीथ प्रमाणिकले चुनाउ प्रचार गरे। भाजपा प्रार्थी दिलीप बारूईलाई साथमा लिएर तिनले आज नक्सलबारी पानीघट्टा मोडबाट पैदल यात्रा गरेर चुनाउ प्रचार गर्दै बाबुपाडा हुँदै नक्सबारी बजारसम्म पुगे। यस अवसरमा तिनले भने, चुनाउपछि भएको हिंसापछि साधारण मानिसहरूले भाजपालाई नै समर्थन गरिरहेकोले गर्दा महकुमा परिषद् चुनाउमा भाजपाले विपुल मतले जीत हासिल गर्नेछ। महकुमा परिषद् चुनाउमा भाजपाले जीत हासिल गरेर स्वच्छ भ्रष्टाचारमुक्त बोर्ड गर्ने गर्ने  तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *