सिलगढी महकुमा परिषद् चुनाउ : कङ्ग्रेस प्रार्थीहरूको सूचीको घोषणा

सिलगढी : सिलगढी महकुमा परिषद चुनाउको लागि कङ्ग्रेसले आज प्रार्थीहरूको तालिका घोषणा गर्यो। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर दार्जिलिङ जिल्ला कङ्ग्रेसका सभापति शङ्कर मालाकारले यसबारे जानकारी गराए। तिनले बताएअनुसार सिलगढी महकुमा परिषदको चुनाउमा कङ्ग्रेसले 9 वटा आसनमध्ये 7 वटा आसनमा आफ्नो प्राथी खडा गरेको छ। नक्सलबारी र खोरीबारी आसन वामफ्रन्टको छोडिदिएको छ। बङ्गालमा तृणमूल र भाजपालाई पराजय गराउनको लागि वाम-कङ्ग्रेस एउटै मञ्चमा आएर चुनाउ लड्नुपर्नेछ भनी तिनले बताए। अर्कोतिर, वामफ्रन्टको तर्फबाट जीवेश सरकारले सिलगढी महुकमा परिषद् चुनाउको लागि आसनमा केही सम्झौता गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *