सिलगढी महकुमा परिषद् चुनाउको ड्युटी गर्न आएका पुलिसकर्मीको मृत्यु

सिलगढी : सिलगढी महकुमा परिषद् चुनाउको ड्युटीमा आएका एकजना पुलिस कर्मीको मृत्यु भएको छ। मृतक पुलिस कर्मी कोलकाताको बाँकुडा निवासी बुद्धदेव  भट्टाचार्यको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बुद्धदेवले हिजो सिलगढी महकुमा परिषद् चुनाउको ड्युटीमा खटेका थिए। ड्युटी समाप्त गरेपछि तिनी खाना खान जाँदा अचानक अस्वस्थ्य भएपछि तिनलाई तत्कालै नक्सलबारी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले मृत घोषित गरिदिए। हृदयघातले गर्दा तिनको मृत्यु भएको हुनसक्ने चिकित्सकहरूले अनुमान लगाएका छन्। मृतदेह पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *