सिलगढी महकुमा परिषद चुनाउलाई केन्द्र गरेर एसीपी मनीष यादवको उपस्थितिमा पुलिसद्वारा रूट मार्च शुरू

सिलगढी : सिलगढी महकुमा परिषदको 9 आसनको लागि आगामी 26 जुनमा मतदान सम्पन्न हुने भएको छ। जसमा  पञ्चायत समितिमा मोठ 66 वटा आसन र ग्राम पञ्चायतमा मोठ 462 आसन रहेको छ भने मतदाताहरूको सङ्ख्या मोठ 5 लाख 27 हजार 938 रहेको छ। जसमा पुरुषहरूको संख्या 2,64,467, महिलाहरूको सङ्ख्या 2,63,468 र थर्ड जेन्डरको सङ्ख्या मात्र 3 रहेको छ। यसको साथै मतदान केन्द्रहरूको सङ्ख्या मोठ  657 रहेको छ। चुनाउअघि महकुमा इलाकामा शान्ति बनाइ राख्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट रूट मार्च शुरू गरेको छ।  यसै क्रममा सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थाना पुलिसले एसीपी मनीष यादवको नेतृत्वमा चम्पासारी पञ्चायत अन्तगर्त देवीडाङ्गा, मिलनमोड़ लगायत विभिन्न इलाकाहरूमा आज पुलिसद्वारा रूट मार्च गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *