सिलगढी महकुमा परिषद् चुनाउ शान्तिपूर्ण रूपमा सम्पन्न गराउने पुलिस प्रशासन र चुनाउ आयोगलाई आनन्दमय बर्मनको अपील

सिलगढी : आगामी 26 जुनमा सिलगढी महकुमा परिषद् चुनाउ सम्पन्न हुने भएको छ। चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने उद्देश्य लिएर भाजपा सिलगढी सांगठनिक जिल्ला सभापति तथा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मनले सिलगढी मेट्रोपोलिटन पुलिस र निर्वाचन कमिशनलाई अपील गरेका छन्। आज मल्लागढीको भाजपा पार्टी कार्यालयमा सिलगढी महकुमा परिषदको 9 वटा आसनका प्रार्थीहरूलाई साथमा लिएर तिनले एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, सिलगढी महकुमा परिषद् एवम् पञ्चायत समितिको सबै आसनमा भाजपाले प्रार्थी खडा गरेको छ। यदि चुनाउ सटीक रूपमा सम्पन्न गराए भाजपाले विपुल मतले चुनाउमा जीत हासिल गर्नेछ। यसको लागि पुलिस प्रशासनले निष्पक्षताको साथमा चुनाउ सम्पन्न गराउनु पर्नेछ। यसैले सिलगढी मेट्रोपलिटन पुलिस एवम् निर्वाचन कमिशनलाई शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न गराउने तिनले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *