सिलगढी महकुमा परिषद चुनाउ: सिलगढी पुलिसको कठोर नजरदारी, विभिन्न ठाउँमा नाका चेकिङ अभियान

सिलगढी : आगामी 26 जूनमा सिलगढी महकुमा परिषद चुनाउ सम्पन्न हुने भएको छ। चुनाउलाई केन्द्र गरेर कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले नाका चेकिङ अभियान शुरू गरेको छ। यसको साथै चुनाउलाई ध्यानमा राखेर आज साँझ 5 बजीदेखि आगामी आइतबारसम्म भारत-नेपाल सिमाना बन्द रहने भएको छ। सिलगढी महकुमा परिषद् चुनाउको लागि प्रशासनले लगभग डेढ हजार भोट कर्मीहरू नियुक्त गरेको छ भने ईभीएम-को निगरानी लगायत बुथको सुरक्षाको लागि हजारौँ पुलिस कर्मीहरू तैनाथ गरिने बताइएको छ।


सिलगढी महकुमा परिषद् चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने उद्देश्य लिएर प्रशासनले सबै प्रकारको व्यवस्था गरिसकेको छ। यसको साथै पुलिसले सहरको विभिन्न इलाकामा पेट्रोलिङ गर्नको साथै सिलगढी सहरको व्यस्त सडकहरूमा नाका चेकिङ अभियान चलाइरहेको छ। यसै क्रममा बाघडुग्रा थाना पुलिसले आज बिहान उत्तरबंग विश्वविद्यालय अघिको सडकमा नाका चेकिङ अभियान चलाएर उक्त सडक भएर चलाचल गर्ने वाहनहरूलाई रोकेर छानबीन पनि गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *