सिलगढी महकुमा परिषद चुनाउ: एसडीओ र एसीपी-ले गरे रूट मार्च

सिलगढी (निसं): सिलगढी महकुमा परिषद चुनाउ आउन अब केवल पाँच दिन रहेकोले सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर आज एसडीओ निवास भेङ्कटराव पाटिल अनि एसीपी मनीष यादवले पञ्चायत इलाकाहरूमा रूट मार्च गरे। एसडीओ-ले प्रधान नगर थानाका आईसी अनि विशाल पुलिस वाहिनीलाई साथमा लिएर चम्पासारी पञ्चायत क्षेत्र अन्तर्गत समर नगर, देवीडाँगा, मिलनमोड़ सहित विभिन्न इलाकामा रूट मार्च गरे। यस अवधि महकुमा शासकले प्रत्येक मतदान बूथहरूमा पुगेर निरीक्षण गरे। यसको साथै बूथहरूमा चुनाउलाई लिएर के –कस्ता तयारी चलिरहेको छ भन्ने विषयमा पनि जाँच गरे। एसडीओ-ले रूट मार्च अवधि स्तानीय मानिसहरूसित कुराकानी गरे। स्मरण रहोस, सिलगढी महकुमा परिषद क्षेत्रमा मोठ 9 सीट, पञ्चायत समितिमा मोठ 66 सीट अनि ग्राम पञ्चायतमा मोठ 462 सीट रहेको छ। यसपल्ट मोठ 5 लाख 27 हजार  938 जना मतदाताहरू रहेका छन्, जसमा पुरूषहरूको संख्या 2,64,467, महिलाहरूको संख्या 2,63,468 अनि थर्ड जेन्डरको संख्या 3 रहेको छ। यसवाहेक मोठ मतदान केन्द्र संख्या 657 छ।  यसपल्ट चार वटा ब्लकमा चुनाउ सम्पन्न गर्नको लागि मोठ 5000 मतदान कर्मीहरू चुनाउमा खटाइएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *