सिलगढी महकुमा परिषद-का विजयी उम्मेद्वारहरूले लिए शपथ

सिलगढी : मतिगढा बीडीओ कार्यालयको सभाकक्षमा आज सिलगढी महकुमा परिषद्को शपथ ग्रहण कार्यक्रमको आयोजना गरियो। अतिरिक्त जिल्लाशासक बह्निशिखा दे-ले सिलगढी महकुमा परिषदका सभाधिपति, सह सभाधिपति लगायत महकुमा परिषद्को चुनाउमा विजयी बनेका सबै प्रार्थीहरूलाई शपथ दिलाए। स्मरण रहोस्, सिलगढी महकुमा परिषदको 9 वटा आसनमध्ये तृणमूलले 8 वटा आसनमा जीत हासिल गरेको छ भने भाजपाले केवल 1 आसनमा जीत हासिल गरेको छ। अरुण घोष महकुमा परिषदको सभाधिपति र रोमा रेशमी एक्का सह सभाधिपति बने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *