सिलगढी महकुमा परिषद्का नव निर्वाचित सदस्यहरूलाई संवर्द्धना

सिलगढी : सिलगढी महकुमा परिषद्का नव निर्वाचित सभाधिपति र सहकारी सभाधिपति लगायत सबै सदस्यहरूलाई आज संवर्द्धना जनाइयो। आज 1 नम्बर मतिगढा ब्लकको शिवमन्दिर आठारोखाई नरसिंह स्कुल नजिक रहेको एउटा मैदानमा सिलगढी महकुमा परिषद तथा जिल्ला प्रशासनको तर्फबाट संवर्द्धना कार्यक्रमको आयोजना गरियो। दी प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरेपछि नव निर्वाचित सदस्यहरूलाई खदा लगाइदिएर संवर्द्धना जनाइयो। यस अवसरमा उत्तरबंग विकास विभागका राज्य मन्त्री सबिना यास्मिन, मन्त्री बुलुचिक बराईक, दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, पुलिस कमिश्नर गौरव शर्मा, सिलगढी नगरनिगमका मेयर गौतम देव, तृणमूल कङ्ग्रेसका जिल्ला सभानेत्री पापिया घोष लगायत अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए। कार्यक्रममा तृणमूल कङ्ग्रेसका जिल्ला सभानेत्री पापिया घोषले भनिन्, आज महकुमा परिषद्का नवनिर्वाचित सदस्यहरूलाई संवर्द्धना जनाइयो। साधारण मानिसहरूको साथमा रहनु साथै मुख्यमन्त्री ममता ब्यानर्जीको विविध परियोजनाहरू मानिसहरूसमक्ष पुर्‍याउनु आफूहरूको कार्य रहेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *