सिलगढी महकुमा परिषदलाई नयाँ रूपमा सजाउनको लागि मेयर गौतम देव र सभाधिपति अरुण घोषले गरे बैठक

सिलगढी : सिलगढी महकुमा परिषदलाई नयाँ रूपमा सजाइनेछ। सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले सिलगढी महकुमा परिषदलाई सौन्दर्यीकरण गर्ने तथा नयाँ रूपमा सजाउनको लागि मेयर गौतम देवसित आज एउटा बैठक गरे। गौतम देवले सिलगढी नगरनिगमका मेयरको पदभार सम्हालेपछि सिलगढी सहरलाई सजाउनको लागि विविध कदम उठाएका छन्। यसपल्ट गौतम देव र सभाधिपति अरुण घोषले सिलगढी महकुमा परिषदलाई सजाउनको लागि तत्पर छन्। बैठकपछि द्वयले महकुमा परिषद कार्यालयको खाली ठाउँ तथा छेउछाउका इलाकाहरूको निरीक्षण गरे। यस अवधि मेयर गौतम देवले भने, सिलगढी महकुमा परिषदद्वारा डीपीआर तयार गरेर टेन्डर प्रक्रिया शुरू गरिएको साथै यसबारे चर्चा पनि गरियो। बुनियादी ढाँचाको विकास बाहेक यहाँ पार्किङको व्यवस्था गरिनेछ साथै पुरा इलाकाको सौन्दर्यीकरण गरिनेछ। अर्कोतिर, महकुमा परिषदका सभाधिपति अरुण घोषले भने, महकुमा परिषद सहरको मध्यमा स्थित छ। लामो समयदेखि यसको मरमति गरिएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *