सिलगढी महकुमा परिषदको 22 वटा ग्राम पञ्चायतको बोर्ड गठन शुरू

सिलगढी : सिलगढी महकुमा परिषदको 22 वटा ग्राम पञ्चायतहरूको बोर्ड गठन शुरू भएको छ। आज नक्सलबारी ब्लक प्रशासनले बोर्ड गठनको काम शुरू गर्यो। लोअर बाघडुग्राको 21 वटा आसनमध्ये तृणमूलले 17,  वामफ्रन्टले 1 र भाजपाले  3 वटा आसनमा जीत हासिल गरेको छ। लोअर बाघडुग्रामा आज तृणमूल कङ्ग्रेस-को बोर्ड गठन गरियो। बीथी दास तालुकदार लोअर बाघडुग्राको प्रधान अनि विश्वजीत घोषलाई उप प्रधान चयन गरिएको छ। नवनिर्वाचित प्रधान र उप प्रधानलाई फुल गुच्छा तथा मिठाई प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा नवनिर्वाचित प्रधान र उप प्रधानहरूले भने, ममता ब्यानर्जीको विकास कार्यहरू इलाकाको घर-घरमा पुर्‍याउने कार्य गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *