सिलगढी महकुमा परिषदको चुनाउलाई केन्द्र गरेर कङ्ग्रेसको बैठक

नक्सलबारी : सिलगढी महकुमा परिषदको चुनाउलाई केन्द्र गरेर पार्टीका नेता तथा कार्यकर्ताहरूलाई साथमा लिएर आज कङ्ग्रेसको बैठक सम्पन्न भयो। आज नक्सलबारी ब्लक कङ्ग्रेस सभापति अमिताभ सरकारले यहाँको ब्लक कङ्ग्रेस कार्यालयमा एउटा बैठक गरे। उक्त बैठकमा 6 वटा अञ्चलका अञ्चल सभापति लगायत अन्य उपस्थित थिए। उक्त बैठकमा चुनाउको तयारी लगायत प्रार्थीबारे चर्चा परिचर्चा गरियो। यस विषयमा अमिताभ सरकारले बताएअनुसार गत सेप्टेम्बर 2020-मा महकुमा बोर्ड विघटन भएपछि हालसम्म चुनाउको घोषणा गरिएको छैन। नक्सबारी ब्लक कङ्ग्रेसले सबै आसनमा आफ्नो प्रार्थी खडा गर्ने साथै चुनाउ विपुल मतदान हासिल गरेर विजयी हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *