सिलगढी महकुमा परिषद तृणमूल-को झोलीमा

सिलगढी : सिलगढी महकुमा परिषद्को 9 वटा आसनमध्ये 8 वटा आसनमा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेर सिलगढी महकुमा परिषद् दखल गरेको छ। भाजपाले महकुमा परिषद्को एउटा आसनमा जीत हासिल गरेको छ। सिलगढी महकुमा परिषदमा बहुमतले जीत हासिल गरेर तृणमूलले बोर्ड गठन गर्ने भएको छ। तथापि, बोर्डका अध्यक्ष कसलाई चयन गरिने हो भन्नेबारे हालसम्म कुनै निर्णय नलिएको जिल्ला सभानेत्री पापिया घोषले बताइन्। पार्टीको निर्देश अनुसार नै अध्यक्षको चयन गरिने भएको तिनले जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *